FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारीबीच तीन दिने गोष्ठि काठमाडौंमा शुरु, एक दर्जन भन्दा बढी विषयमा सामूहिक छलफल हुने

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • ११० पटक पढिएको
    कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारीबीच तीन दिने गोष्ठि काठमाडौंमा शुरु, एक दर्जन भन्दा बढी विषयमा सामूहिक छलफल हुने

    काठमाण्डौं । कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषक तत्वको अवस्था र कृषि उत्पादकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहत् छलफल गरी उचित निष्कर्ष निकाल्ने उद्देश्यका साथ राजधानीमा तीन दिने गोष्ठीको आयोजना गरिएको छ । कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको गोष्ठीमा कृषिको आधुनिकीकरणका विविध विषयमा छलफल हुनेछ । सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारी, कृषि वैज्ञानिक, सरोकारवाला तथा भारतका प्रख्यात कृषि वैज्ञानिकको सहभागिता रहेको छ ।

    नेपालमा कृषिका लागि अत्यावश्यक मल, बीउ तथा औजारका अवस्था तथा सङ्घ र प्रदेशमा तिनका अवस्थाका बारेमा जानकारी लिँदै त्यस क्षेत्रमा सुधार गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा छलफल गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । उद्घाटन सत्रमा कर्पोरेसनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले नेपाल र भारतका सरोकारवाला सहभागी यस गोष्ठीले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

    त्यस्तै, कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिवले तीन दिनसम्म हुने छलफलमा उन्नत जातका बीउबिजन, मलखाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका सहयोग पुग्ने बताए । उनीहरुले सम्मेलनका क्रममा प्रस्तुत हुने दस्तावेज, छलफलबाट निस्कने निष्कर्ष तथा सुझावले नेपालको कृषि क्षेत्रको रुपान्तरणमा सहयोग मिल्ने उल्लेख गरे ।

    कृषिजन्य उत्पादनको अन्तरराष्ट्रिय व्यापारका बारेमा पनि गोष्ठीमा छलफल हुनेछ । यस्तै छिमेकी भारतमा कृषिमा दिइने अनुदानका बारेमा पनि अनुभव आदानप्रदान हुनेछ । कार्यक्रमका दौरान विभिन्न एक दर्जन बढी विषयमा सामूहिक छलफल हुने बताइएको छ । गोष्ठीमा नेपालको मलखाद नीति र अनुदान प्रक्रिया, माटोमा हुने खाद्य पोषक तत्वको अवस्था, माटोका प्रकार र तिनमा आवश्यक पोषक तत्वका बारेमा विषय विज्ञबाट छलफल हुनेछ । यस्तै रासायनिक मलको अन्तरराष्ट्रिय बजार, प्रादेशिकरुपमा कृषिको अवस्था, कृषिका विविध क्षेत्रमा सरकारी अनुदानको वितरणमा भएका कमजोरी, त्यस अवस्थामा सुधार ल्याउने, कृषिको यान्त्रीकरण, औजारको उचित प्रयोगका विषमा पनि बृहत् छलफल हुने कर्पोरेसनले जनाएको छ । कृषिको आधुनिकीकरणसँगै कृषि उत्पादन बढ्ने, किसानको आयस्तरमा वृद्धि हुने, माटोको गुणस्तरअनुसार विभिन्न मल, बीउ र औजारको प्रयोग गरी उत्पादन बढ्ने सरकारको अपेक्षा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित