FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चितवन भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनीप्रमाण पुर्जा वितरण

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • १९ पटक पढिएको
    चितवन भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनीप्रमाण पुर्जा वितरण

    काठमाण्डौं । चितवनको भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनीप्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका–२ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माण, समृद्धिर सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे । सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै अध्यक्ष दाहालले अबको विकास निर्माण, समृद्धि र भूमिसम्बन्धी समस्या समाधान पनि सबैको सहमति, सहकार्य र एकताबाट मात्रै संभव रहेको पनि बताए । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएर लागिरहेको बताइन् । मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रूपमा नै समाधान गर्न आफूहरु लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न संभव भएको उल्ल्लेख गरीन् । यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घर परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित