- Loading...
बागमती प्रदेशले बर्ड फ्लू नियन्त्रणका लागि ६३ जना कर्मचारी थप्दै
- कृषि टि.भी.
- ११ महिना अघि
- १४६ पटक पढिएको


काठमाण्डौं । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्ड फ्लू लगायतका महामारी रोग नियन्त्रणका लागि ६३ जना कर्मचारी थप गर्ने भएको छ । प्रदेशको मन्त्रीपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ६३ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेसँगै कर्मचारी नियुक्त प्रक्रिया अघि बढेको प्रदेश सचिव शरण कुमार पाण्डेले जानकारी दिए । पछिल्लो समय झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक गरी ६ जिल्लाका बर्ड फ्लू फैलिसकेको अवस्थामा रोग नियन्त्रणकै लागि कर्मचारी थप गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले १० जना कृषि विकास अधिकृत, भेटेरिनरी डाक्टर २० जना, पशु स्वास्थ्य प्राविधिक २० जना, अन्य कर्मचारी गरी ६३ जना नियुक्त गर्ने तयारी गरेको छ । नियुक्त गरिएका कर्मचारीहरूलाई प्रदेशका १३ वटै जिल्लामा खटाइने छ ।


