FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको अपिल

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • १६ पटक पढिएको
    आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको अपिल

    काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारको प्रवद्र्धन नगर्न अपिल गरेका छन् ।

    सिँचाइ दिवस तथा ६९ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले भनेका छन्, “स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रवद्र्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्यको प्रयोग गरौँ, हाम्रो व्याबहारमा परिवर्तन गरौँ र हाम्रो अर्थतन्त्रको प्रवद्र्धन गरौँ ।”

    व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनको उपभोगमा विशेष जोड दिनुपर्ने मन्त्री भुसालको जोड छ । उनले “सिँचाइ विभागका अनुसार सन् २०१९÷२०२० मा नेपालको कृषि व्यापार घाटा लगभग रु दुई खर्ब ५० अर्ब रहेकोमा र सन् २०२१÷२२ मा ३० प्रतिशतले बृद्धि भएर रु तीन खर्ब २५ अर्ब पुगेको छ, यो अत्यन्त गम्भीर विषय हो । यसलाई थप बढ्न नदिन पनि हामीले आयातलाई निरुत्साहित गर्नुपर्ने र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

    हालै सम्पन्न जनगणनाको प्रारम्भिक तथ्याङ्कले बसोबासको अवस्थामा बदलाभ ल्याएको उल्लेख गर्दै मन्त्री भुसालले देशको हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको उर्वराभूमी खण्डीकरण भएर बसोबासमा परिणत हुने देखिएको बताउए । उनले बसाइ सराइको चुनौतीलाई सम्बोधन गर्नेगरी नीति विकास गर्न आवश्यक रहेको औँल्याए ।

    देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत र पर्यटन क्षेत्र भएकाले यी क्षेत्रको प्रवद्र्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आगामी दिनमा देशको कुनै पनि स्थानको कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई र जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले देशको सिँचाइ क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमको कार्यान्वयनमा विभागले सक्रियतापूर्वक कार्यान्वयनमा लगेको बताएका छन् । उनीहरूले देशको कृषि आयातलाई निरुत्साहित गर्नका लागि पनि साधनस्रोत तथा नीतिगतरूपमा विभागलाई सबल बनाउँदै लैजानुपर्नेमा जोड दिनु दिएका छन् । त्यस अवसरमा विभागका पूर्व महानिर्देशक तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले सिँचाइ विभागले अगाडि बढाएका कार्यक्रम कार्यान्वयनमा सबैको सहयोग आवश्यक पर्ने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित