FLASH NEWS
- Loading...
मर्स्याङदी गाउँपालिकाका किसानहरुलाई माछाको भुरा वितरण
- कृषि टि.भी.
- ११ महिना अघि
- १७ पटक पढिएको


काठमाण्डौं । मर्स्याङदी गाउँपालिकाका माछापालन गर्ने किसानहरुलाई माछाको भुरा वितरण गरेको छ । गाउँपालिका पशु सेवा शाखाले माछापालन गर्ने ९ जना किसानलाई माछाको भुरा प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले किसानलाई माछाको भुरा हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक वर्ष ०७८÷०७९ पशुसेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रमको मत्स्य मिसन कार्यक्रम अन्तर्गत माछाको भुरा प्रदान गरिएको हो । गाउँपालिकाको वडा– ४, ५, ६, ७ र ९ का माछापालक किसानलाई भुरा प्रदान गरिएको पशु सेवा शाखाले जनाएको छ । माछापालन गर्दै आएका किसानलाई व्यवसायमा थप सहज बनाउन निःशुल्क रुपमा भुरा प्रदान गरिएको हो । ९ जना किसानलाई१५ हजार भुरा दिइएको छ । कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रोही कार्प र नैनी कार्प माछा छन् । माछा करिव ९ महिना उमेरको छ ।


प्रतिक्रिया दिनुहोस
