FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चौबाटार सिँचाइ योजना निर्माण

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • १८ पटक पढिएको
    चौबाटार सिँचाइ योजना निर्माण

    काठमाण्डौं । अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण गरिएको छ । छत्रदेव गाउँपालिका वडा नं ६ ठूलापोखरामा रहेको उक्त योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषक खुसी भएका छन् । लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उक्त आयोजना उद्घाटन गर्दै सबै कृषकलाई व्यावसायिकरुपले कृषिमा लाग्न आग्रह गरे ।

    उक्त योजनाबाट २२० घरधुरीका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । रु आठ करोड ३९ लाखको लागतमा निर्माण गरिएको आयोजना जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लामो रहेकोे सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताए ।

    विसं २०४३ देखि नै योजनामा पारेर कुलो निर्माण गर्न स्थानीय अग्रसर भए पनि त्यो सपना ३६ वर्षपछि पूरा भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जनतासँग आफूले गरेको चुनाबी प्रतिबद्धताअनुसार चौबाटार सिँचाइ योजनाको काम सम्पन्न भएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । उनले सुरुमा चौबाटारमा सिँचाइको व्यवस्था गर्छु भनेर स्थानीय अगुवाले धेरैले चुनावी नारा बनाए र तपाईंले पनि त्यही गर्ने त होला भनेकामा आफूले पहल गरेर काम सम्पन्न गरेको जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित