- Loading...
भारतियहरुद्वारा बगर खेति गरिदै
- कृषि टि.भी.
- ११ महिना अघि
- २१ पटक पढिएको


बर्दिया ,

न चैत महिनाकोे प्रचण्ड गर्मीको पर्वाह, न त नजिकिदै गरेको स्थानीय तह निर्वाचनको रन्कोको प्रभाव । बिहान उज्यालो भएदेखि साँझसम्म बगरमा आफ्नै पाखुरीको भरमा बगरको बालुवा खोस्रेर बर्दियाको गुलरिया नगरपालिकाको वडा न. ११ स्थीत भादाघाटको छेउमा भारतको बरेलबाट आएका केही संख्याका कृषि उद्यमीले वालुवामा ‘सुन’ फलाएका छन् । भादा नदीमा बोरीङ्ग जडान गरी सिचाईको ब्यवस्था मिलाएर बालुवामा हालेको पानी खेर जान्छ भन्ने पुरानो उखानलाई समेत झुठा सावित गर्दै नदी छेउका बगरहरु हरियो बनाएका छन । अहिले गुलरिया नगरपालिकाको वडा न. ११ स्थीत भादाघाटको छेउमा रहेको बाधुपुर गाँउ नजिक बबई खोलाले छोडेको बालुवामा किसानको मिहेनतले सबैतिर हराभरा भएको छ । बबई खोलाले छोडेको बालुवामा तरकारी खेती गरेर मनग्य आम्दानी गरीरहेका छन् । भारतको बरेलीबाट ५ घर परिवार आएर तरकारी खेती गरेर मनग्य आम्दानी गरीरहेका हुन् । उनीहरुले करेला, काक्ररा, लौका ,फर्सी, खर्बुजा तर्बुजा भिन्डी उत्पादन गरीरहेका छन् र उत्पादन भएको तरकारी गुलरियाबजार देखी नेपालगञ्ज बजारसम्म विक्री गर्दै आएका छन् । भारतको बरेलीबाट आएका पाँच परिवार खोलामा बाढी नआउँन्जेल त्यही बस्छन् तरकारी खेती गर्छन्, जब खोलामा बाढी आउन थाल्छ अनि फेरि भारतनै फर्किनछन् ।

पाँच बर्षदेखि तरकारी व्यापार गर्दे आएका व्यपारीका अनुसार हरेक बर्ष यही सिजनमा बरेलीका मानछेहरुले लौका ,फर्सी, भिनडी ,खुसार्नी लिएर आफूकोमा बेचन आउने गरेको बताउँछन् ।
इन्डियाको बरेली बाट आएका किसान उद्यमीहरुले खेर गैरहेको बगरमा तरकारी फलाइरहेका छन् । भादाघाटमा करिब ६० विघा जमिनमा बगर खेती गरीरहेका उनीहरुको मुख्य आम्दानीको स्रोत नै तरकारी उत्पादन हो । तरकारी उत्पादन गरेर बर्षेनी उनीहरुले लाखौ रुपैयाँ भारत लिएर जान्छन तर यहाँका किसानलाई वास्ता छैन । गुरलरिया नगरपालिकाका कृषि अधिकृत कमल तामाङ भन्छन् –किसानहरुको चौतर्फी विकास गर्न प्रयास गरेपनि मानसिक विकाश गर्न सकेका छैनौ ।
गुलरिया नगरपालिकाले —नगरपालिकाको वडा न. ४ को पण्डितपुर देखी वडा न. १० को मजजीदियासम्म झण्डै ५ किलो मिटरको बगर क्षेत्रमा भारतको बरेलीकबाट आएका ब्यापारीहरुले झण्डै ६० विघा जमिन क्षेत्रमा बगरखेती गर्दै तरकारीहरु उत्पादन गरीरहेका छन् । मनग्य आम्दानी लिइरहेका छन् ।

