FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • २४ पटक पढिएको
    व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण

    काठमाण्डौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ । कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको नगरपालिकाले जनाएको हो । तरकारी पकेट कार्यक्रमअन्तर्गत सन्धिखर्क–१० का व्यावसायिक कृषकलाई मिनीटिलर, प्लास्टिक टनेल, पावरस्प्रे, हजारीलगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । व्यावसायिक कृषकलाई नगरप्रमुख कमलप्रसाद भुसालले कृषि सामग्री हस्तान्तरण गरेका थिए । सामग्री वितरण गर्दै गोरु पाल्ने झन्झटबाट मुक्त हुन तथा छिटो समयमा काम गरी उत्पादन बढाउन कृषकलाई आग्रह गरे ।

    व्यावसायिकरूपमा खेती किसानी गर्ने कृषकलाई नगरपालिकाले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने नगरप्रमुख भुसालको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित