FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भारतीय धानको बिउ एम.पी. ३०३०, नेपालमा बिक्रि शुरु

    • कृषि टि.भी.
    • १ साल अघि
    • ११९ पटक पढिएको
    भारतीय धानको बिउ एम.पी. ३०३०, नेपालमा बिक्रि शुरु

    काठमाण्डौं । भारतको महिन्द्रा एग्री बिजनेस कम्पनीले नेपाल सरकारबाट इजाजत लिएर नेपालमा mp ३०३० नामक हायब्रिड धानको विउको विक्री वितरण सुरु गरेको छ । १ सय २० दिन देखी १ सय २५ दिन भित्र तयार हुने लामो बाला, धेरै फल्ने, खानामा स्वादिलो , सबै खाले खेतमा लगाउन मिल्ने mp ३०३० यो धानको कम्पनीले बाँके ,बर्दिया ,कैलालि र कन्चनपुरसम्म बिक्रीका लागि संन्दिप विज भण्डार र श्रीकृष्ण एग्रोभेट सेन्टर गुलरिया बर्दियालाई मुख्य बिक्रेताको जिम्मेवारी दिएको हो ।

    कम्पनीले अयोजना गरेको कार्यक्रममा किसानहरुको पनि उपस्थिति थियो । कार्यक्रममा धानको बारेमा प्रकाश परिएको थियो । उपस्थित किसानहरुले सोही धान लगाउने अठोट गरेको बताए ।

    नेपालमा अहिलेसम्म प्रयोग भैरहेको धानको बिउ भन्दा यो धानको उत्पादन बढी हुने बताइएको छ । इन्डियाबाट ल्याएर किसानहरु ठगिने काम अब रोकिने दाबी पनि कम्पनीको छ । राम्रो उत्पादन हुने, छिटो फल्ने समयको बचत हुने कम पानीमा उत्पादन हुने हुदाँ उत्पादनमा पनि खासै झन्झटिलो नभएको बताउँछन् एग्रोभेट संचालक मोहन कुमार बिक ।

    महेन्द्र नेपालमा सूचिकृत भएका धानहरु mp ३०३० र रिर्सचकै क्रममा रहेको ५०५ हो । त्यो धानको बिउ नेपाल सरकारमा रजिष्ट्रेसन भएको धानको बिउ भएकाले ढुक्क भएर उत्पादन गर्न किसानहरुलाइ आग्रह गरेको छ ।

    बर्दिया जिल्लामा सञ्चालित सबै एग्रोभेटमा धानको बिउ छिटै सहजै उपलब्ध गराउने मुख्य विक्रेता घनश्याम लोधले बताए ।

    धानको बारेमा जानकारी दिन कम्पनीले एग्रोभेट, कृषक र नागरीक समाजका प्रतिनिधिहरु बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित