FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मुक्त कमैयाको समस्या समाधान गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • १९ पटक पढिएको
    मुक्त कमैयाको समस्या समाधान गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता

    काठमाण्डौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठलाई मुक्त कमैया, कम्लहरी, हलिया र हरवा चरवाहरुको बस्तुस्थिती अध्ययन समितिले अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाको अवस्था र उनीहरुको व्यवस्थापनका लागि गर्नु पर्ने कामहरुबारे स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

    उक्त अवसरमा मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको भूमिहिनका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर पहल शुरु गरेको बताइन् । मन्त्री श्रेष्ठले प्राप्त प्रतिवेदनमा उल्लेखित सुझावहरुलाई उच्च प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने र संघ प्रदेश र स्थानीय तहले गर्नु पर्ने अधिकार क्षेत्रभित्र रहेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

    उनले भूमिहनिका समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत लालपूर्जा वितरण शुरु भइसकेको भन्दै सुकुम्बासी र सवै खालका भूमि सम्बन्धी समस्या समाधान गर्न आफूहरु लागि परेको पनि बताइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित