FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पहिलो पटक सदर चिडियाखानामा चिम्पाञ्जी अवलोकन गर्न पाइने

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • १३६ पटक पढिएको
    पहिलो पटक सदर चिडियाखानामा चिम्पाञ्जी अवलोकन गर्न पाइने

    काठमाण्डौं । जावलाखेलस्थित सदर चिडियाखानाले पहिलो पटक एक जोडी चिम्पाञ्जी अवलोकनका लागि राखेको छ। चिडियाखानाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी चम्पा (पोथी) र चिम्पु (भाले) नाम गरेका एक जोडी चिम्पाञ्जी अवलोकनका लागि सार्वजनिक गरेको हो। यो एक दुर्लभ प्रजातिको वन्यजन्तु हो।चार वर्षअघि अवैध रूपमा ल्याइएका चिम्पाञ्जीलाई विसं २०७४ असोजमा केन्द्रीय अनुसन्धान ब्युरोले उद्धार गरी सदर चिडियाखानालाई दिएको हो। सोही अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले चिडियाखाना परिसरमा चिम्पाञ्जीको नवनिर्मित घरको पनि उद्घाटन गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित