
- Loading...
नेपाल पशु चिकित्सा परिषद्को अध्यक्षमा डा. ब्रजकिशोर प्रसाद शाह नियुक्त
- कृषि टि.भी.
- ११ महिना अघि
- १९ पटक पढिएको


काठमाण्डौं । नेपाल पशु चिकित्सा परिषद्को अध्यक्षमा नियुक्त डा. ब्रजकिशोर प्रसाद शाहले आज पद बहाली गरेका छन् । २०७८ चैत २४ गतेको मन्त्रिपरिपद्को बैठकले पूर्वसचिव शाहलाइ परिषद्को अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोहि अनुसार उनले आज पद बहाली गरेका हुन् । हाल उनी संयुक्त राष्ट्र संघ अन्तरगत रहेको खाद्य तथा कृषि संगठनमा कन्सलटेन्टको रूपमा कार्यरत छन् । शाह नेपाल सरकारका पूर्वसचिव तथा नेपाल भेटरिनरी एसोसिएसनका पूर्व अध्यक्ष हुन् । त्यसैगरी उनी सचिव हुँदा निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेका थिए । त्यस्तै डा. राम कुमार मण्डल र दिनेश कुमार यादवले परिषद्को सदस्यको रुपमा पद बहाली गरेका छन् । यादव कृषिमन्त्रीका निजी सचिव हुन् र हाल उनी नेपाल कृषि अनुसन्धान परिषदमा वैज्ञानिक पदमा कार्यरत छन् । मण्डल नेपाल सरकारका उपसचिवबाट सेवा निवृत कर्मचारी तथा नेपाल भेटरिनरी एसोसिएसनका पूर्व उपाध्यक्ष हुन् ।


