FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खोटाङकी फूलमाया काठमाण्डौं आएर कृषि पेशामा

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • २४ पटक पढिएको
    खोटाङकी फूलमाया काठमाण्डौं आएर कृषि पेशामा

    काठमाण्डौं । खोटाङको चौदण्डीगढी नगरपालिकाकी फुलमाया तामाङ काठमाण्डौ आएर कृषि पेशामा लागेको ७ वर्ष भयो । उनी अहिले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा हिसाङ कृषि फर्म मार्फत तरकारी खेती गर्दै आएकी छिन । शुरुमा ३ लाख लगानीबाट साँढे ३ रोपनी जग्गाबाट तरकारी खेती शुरु गरेकी उनले अहिले २० रोपनीमा तरकारी खेती गर्दै आएकी छिन । उनको फर्ममा गोलभेँडा, काँक्रो, साग घिरौला लगायत मौसमी तथा वेमौसमी तरकारीहरु रहेका छन । शुरुमा अरुको फर्ममा ज्यालामजदुरीको काम गरेकी तामाङलाइ आँफु पनि गर्न सक्छु भन्ने आँट आएपछि यो व्यवसाय शुरु गरेको उनी बताउँछिन ।

    वालबच्चाको पढाइको लागि उनी गाउँ छाडेर काठमाण्डौ आइन । अहिले सिजनमा मासिक २ देखि ३ लाख सम्मको तरकारी विक्री गर्दै आएकी छिन । सिजन नभएको वेला भने ४० देखि ५० हजार सम्मको मात्र तरकारी विक्री हुने गरेको उनको भनाइ छ । तरकारी व्यवसामा ७ वर्षसम्मको अनुभव लिइसकेकी फुलमायालाइ यस व्यवसायबाट राम्रै आम्दानी गर्न सकिन्छ भन्नेमा ढुक्क छ ।

    वुढानिलकण्ठ नगरपालिका भित्र फुलमाया जस्तै थुप्रै मानिसहरु वाहिरबाट आएर कृषि पेशामा लागेका छन । उनले हाइटेक प्रविधिबाट विरुवा उतपादन गरेकी छिन । कृषि उत्पादनमा लागेकाहरुलाइ नगरपालिकाले पनि अनुदान लगायतमा साथ सहयोग दिदै आएको उनको भनाइ छ ।

    आफ्नै गाउँठाउँमा होस या अन्तै गएर होस धेरैजसो कृषि उत्पादनमै लागेका छन । कृषि उत्पादनको उचित बजार व्यवस्थापन, कृषि पेशामा लागेकालाइ प्रोत्साहन गर्न सक्नेखालका कार्यक्रमहरु मात्रै सञ्चालन गर्न सके पनि कृषि उत्पादनमा दोब्बर वृद्धि हुन सक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित