- Loading...
खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको चरम लापरवाहीका कारण गुलरियाका नगरवासी पानी खानबाट वञ्चित
- कृषि टि.भी.
- १० महिना अघि
- १८ पटक पढिएको


बर्दिया, शिवम शर्मा । खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको चरम लापरवाहीका कारण बर्दियाको गुलरिया नगरवासी पानी खानबाट वञ्चित भएका छन । नगरभित्रका १ हजार ५ सय ८३ उपभोक्ता संख्या रहेको गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चरम लापरबाहीले गर्दा गुलरियाबासीले यस गर्मीको समयमा महिनौ देखि पानी खान नपाएको स्थानीयवासी लिलामणी पौडेलको गुनासो छ ।

गुलरिया नगरपालिकाको वडा न. ४, ५ ,६ ,७ र ८ का नागरिकलाइ पानी पु¥याउने लक्ष्य राखेर २०६५ सालमा स्थापना गरिएको गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था को हाल नेतृत्व गरेको पदाधिकारीले व्यवस्थित र पारदर्शी काम नगरेको स्थानीयवासीको भनाइ छ । विगत १ वर्ष देखी संस्था उपभोक्ताको हितका लागि भन्दा पनि राजनीतिक दल केन्द्रित भएर काम गर्दै आएको स्थानीय आम उपभोक्ताहरुको गुनासो छ ।

खानेपानी दैनिक जीवनसँग जोडिएको कुरा हो र यसको उपभोग गर्न पाउनु प्रत्येकको नैसर्गिक अधिकार हो । सस्थाका कोषध्यक्ष किरण श्रेष्ठले खानेपान्ीका लागि व्यवस्थित ढङगले काम गर्न नसक्दा पानीको समस्या विकराल बन्दै गएको बताए ।
सस्थामा आवद्ध उपभोक्ताका लागि दैनिक १० लाख लि.पानी आवश्यक पर्ने भएपनि गुलरिया बजार क्षेत्रकोे ५ वटा वडामा हाल दैनिक ७ घण्टाका दरले ७ लाख लि. पानी २ वटा टयाङ्कीबाट वितरण भैरहेको गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले जनाएको छ ।

