FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रुकुम पूर्वका विवेक बुढा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा तरकारी खेती गर्दै

    • कृषि टि.भी.
    • १० महिना अघि
    • १५ पटक पढिएको
    रुकुम पूर्वका विवेक बुढा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा तरकारी खेती गर्दै

    काठमाण्डौं । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नं ६ पासिकोटमा रुकुम पुर्वका विवेक बुढाले तरकारी खेती गरेको ५ वर्ष भयो । गाउँमै शिक्षक पेशा र कृषि पेशा गरिरहेका विवेकलाइ वालबच्चाको राम्रो भविष्यको लागि काठमाण्डौ गएर पढाउन मन लाग्यो र उनी सहर पसे । उनको फार्मको नाम मेघा जडीबुट्टी मल्टिपल एग्रो फार्म प्रा. लि हो । उनले गोलभेँडा, फर्सी, काक्रा र काउली गरेर ३५ रोपनीमा तरकारी खेती गर्दै आएका छन । २५ लाख लगानी गरेर उनले यो व्यवसाय शुरु गरेका थिए । अहिले उनको यो व्यवसायमा १ करोडभन्दा बढी लगानी छ ।

    विवेकले ३५ रोपनीको मासिक २५ हजार भाडा तिर्दै आएका छन । उनले आफ्नो फार्म मार्फत १५ जना कर्मचारीलाइ रोजगारी समेत दिएका छन ।

    वुढानिलकण्ठ नगरपालिकाले नगरभित्रका विभिन्न वडामा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि सहयोग गरेको छ । त्यही कार्यक्रम अन्र्तगत विवेकले पनि यस वर्ष ९ लाख बजेट पाएका छन । एक करोड भन्दा वढीको लगानी गरिसकेका विवेकलाइ त्यति बजेटले भएपनि केही राहत मिलेको बताए ।

    कृषकले उत्पादन गरेको कृषि उपजको व्यवस्थित वजारीकरण नहुँदा विचौलीयले कृषकले भन्दा बढी फाइदा लिदै आएका छन् । यसलाइ व्यवस्थित गर्दै आगामी दिनमा तालिम र बजारमूल्य अनुसारको दररेट निर्धारण गर्नमा सम्वन्धित निकायले जोड दिनै पर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित