- Loading...
चालू आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने प्रक्षेपण
- कृषि टि.भी.
- १ साल अघि
- १३७ पटक पढिएको


काठमाण्डौं । चालू आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रदेशस्तरीय लेखा तथ्याङ्कअनुसार बागमती प्रदेशमा ६.७ प्रतिशत हुने अनुमान छ । गत आर्थिक वर्ष यस प्रदेशको वृद्धिदर ४.६ प्रतिशत थियो । विभागका अनुसार चालू आर्थिक वर्ष बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन १७ खर्ब ९१ अर्ब रुपियाँ हुनेछ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा भने बागमती प्रदेशको योगदान ३६.९ प्रतिशत हुने अनुमान गरिएको छ । बागमतीपछि गण्डकी प्रदेशको वृद्धिदर ६.१७ पुग्ने अनुमान छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा गण्डकी प्रदेशको योगदान ८.९ प्रतिशत पुग्ने अनुमान छ । यसैगरी चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर कर्णाली प्रदेशको ५.४७, प्रदेश १ को ५.४१, लुम्बिनीको ५.३६, सुदूरपश्चिमको ४.९३ र सबैभन्दा कम मधेस प्रदेशको ४.८२ प्रतिशत वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । मधेस प्रदेशमा कृषि क्षेत्रको ३४.४९, लुम्बिनी प्रदेमा कृषि क्षेत्रको ३०.०७, कर्णालीमा कृषि क्षेत्रको ३१.७१, सुदुरपश्चिम प्रदेशमा कृषि क्षेत्रको ३३.८४ गण्डकि प्रदेशमा कृषि क्षेत्रको २६.८३ प्रतिशत योगदान रहने अनुमान गरीएको छ ।


