- Loading...
लटअनुसार मूल्य तोक्ने गरी भारतबाट मल ल्याउने सरकारको तयारी
- कृषि टि.भी.
- १० महिना अघि
- १२२ पटक पढिएको


काठमाण्डौं । सरकारले लटअनुसार मूल्य निर्धारण गर्ने गरी रासायनिक मल खरिदमा जीटूजी सम्झौता गर्ने गृहकार्य थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भइरहेको उत्तारचढावका कारण हरेक लटअनुसार मूल्य सम्झौता गरेर ल्याउने तयारी थालिएको हो ।लटअनुसार मूल्यको सम्झौता गरेर मल दिन भारत तयार रहेको बताइएको छ ।रुसले युक्रेनमाथि आक्रमण थालेपछि अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अकासिन थालेको हो । कच्चा पदार्थको मूल्य पनि उच्च उच्चदरले बढेको छ । कम्पनीका अनुसार प्रतिटन ४ सय ५५ डलर हाराहारीमा पाइने युरिया मल करिब ११ सय र डीएपी करिब १३ सय डलर हाराहारी पुगेको छ । मूल्यवृद्धिकै कारण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पर्याप्त मल आयात गर्न सकेका छैनन्। बजारमा मल अभाव हटाउन एक मात्रै विकल्प जीटूजी भए पनि मूल्यकै कारण फास्ट ट्र्याकमा काम हुन सकेको छैन । भारतबाट जीटूजी व्यवस्थाबाट ५ वर्षका लागि रासायनिक मल ल्याउन गत फागुनमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो ।


