FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राजनीतिक दल निकट किसान सङ्गठनहरुको प्रतिवद्धता

    • कृषि टि.भी.
    • १० महिना अघि
    • ३९ पटक पढिएको
    राजनीतिक दल निकट किसान सङ्गठनहरुको प्रतिवद्धता

    काठमाण्डौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल तथा दल निकट किसान सङ्गठनले किसानमुखी नीतिलाई प्रतिबद्धतामार्फत अगाडि सारेका छन् । दुई तिहाइ जनसङ्ख्या ओगट्ने किसानको जीवनमा समृद्धि र खुसीयाली ल्याउने दिशातर्फ उन्मुख पाँच दलीय गठबन्धनमा आबद्ध सङ्गठनले कृषि क्षेत्रको दिगो विकासको पक्षमा कृषि क्रान्तिलाई सफल बनाउन वैज्ञानिक भूमिसुधार लागू गर्नुपर्ने विषयलाई अगाडि सारेका हुन् । खाद्य सम्प्रभुता, जलवायु न्याय, नेपाली किसानको हकहित र अधिकार तथा किसानमुखी नीति विभिन्न कार्यक्रमका माध्यमबाट कृषि क्षेत्र व्यावसायीकरण, औद्योगीकरण, सहकारीकरण र दिगो विकासको पक्षमा निष्ठापूर्वक सक्रिय हुने गठबन्धनका नेता प्रमेश पोखरेलले बताए ।नेपाली कांग्रेस आबद्ध नेपाल किसान महासङ्घ, नेकपा (माओवादी केन्द्र) निकट किसान सङ्गठन, नेकपा (एकीकृत समाजवादी) र नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासङ्घ तथा जनता समाजवादी पार्टीको समाजवादी किसान महासङ्घ छन् । ती सङ्गठनले निर्वाचनलाई व्यवस्थित बनाउन आवश्यकताअनुसार संयुक्त बैठक बसेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यवसायीकरणका लागि जोड दिएका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित