FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्न समस्या

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६४ पटक पढिएको
    कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्न समस्या

    काठमाण्डौं । समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्न पाएका छैनन् । यहाँका किसानले आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । काठमाडौं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्तो वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन । नलगाड–८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए । यहाँका किसानले धानको बीउ राख्न सुरु गरे पनि सिंचाइको अभाव रहेको छ । वर्षा हुन नसकेको र सिंचाइको सुविधा नभएकाले धानको बीउ राख्न पनि समस्या भइरहेको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित