FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चिनि निर्यातमा भारतले लगायो प्रतिबन्ध

    • कृषि टि.भी.
    • १ साल अघि
    • १४१ पटक पढिएको
    चिनि निर्यातमा भारतले लगायो प्रतिबन्ध

    काठमाडौं । भारतले गहुँपछि चिनीको निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । आगामी जुन १ बाट लागु हुनेगरी चिनी निर्यातमा रोक लगाएको हो । भारतले घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाइएको जनाइएको छ ।

    तर चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ । सन् २०२१ अक्टुबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा पनि प्रभाव पर्ने देखिन्छ ।

    हाल नेपालमा वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ । यसमध्ये करिब एक लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ । बाँकी विभिन्न मुलुकबाट आयात हुँदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित