FLASH NEWS
- Loading...
५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा आयात
- कृषि टि.भी.
- ९ महिना अघि
- ३५ पटक पढिएको


काठमाडौं । चालू आर्थिक वर्ष २०७८÷७९ मा विदेशबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा आयात भएको छ । भन्सार विभागले दिएको जानकारी अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको ३९ करोड ५२ लाख किलोग्राम गोलभेँडा आयात भएको हो ।

नेपालमा भारत र इण्डोनेसियादेखि गोलभेँडा आयात हुने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको यो अवधिमा यी दुई मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै गोलभेँडा आयात भएको छ । भारतबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा भित्रिएको छ ।
यस्तै, इण्डोनेसियाबाट ११ हजार रुपैयाँको ६२५ किलोग्राम गोलभेँडा आयात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी, ९ महिनाको अवधिमा उक्त मूल्यको गोलभेँडा आयात हुँदा राज्यले ४ करोड ७६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।।

प्रतिक्रिया दिनुहोस
