FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बजेटमाथि सैद्धान्तिक छलफल सुरु, कसले के भने ?

    • कृषि टि.भी.
    • ९ महिना अघि
    • १२६ पटक पढिएको
    बजेटमाथि सैद्धान्तिक छलफल सुरु, कसले के भने ?

    काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले ६८ वर्षमै बृद्धभत्ता दिने निर्णयको विरोध जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलका क्रममा पाण्डेले वृद्धा भता नबढाएर उमेर घटाएकोमा आपति जनाएका हुन् ।


    पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको आरोप लगाए । उनले किसानले मल नपाउने अवस्था रहेकाले उक्त समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने बताए । त्यस्तै उनले निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा चार महिनामा गर्न अप्ठेरो हुने तर्क गरे ।

    त्यस्तै छलफलमा भाग लिदै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले राष्ट्र र जनतालाई केन्द्रमा राखेर ल्याइएकाले बजेट सन्तुलित रहेको बताए । उनले बजेटले गरिबी निवारणमा भूमिका निर्वाह गर्ने बताउँदै सार्वजनिक, निजी साझेदारको मोडललाई थप परिभाषित गर्नुपर्नेमा जोड दिँदै उत्पादनका साथै त्यसको बजारीकरणमा सार्वजनिक, निजी, सहकारी क्षेत्रको साझेदारी र सहकार्य हुनुपर्ने बताए ।

    कांग्रेस सांसद पदमनारायण चौधरीले मुलुक सङ्कटग्रस्त अवस्थामा रहेकाले अहिले बजेटले कृषिलाई प्राथमिकता दिएको बताए । सामाजिक सुरक्षाका विषयवस्तु बजेटमा उल्लेख गरिएकाले बजेट राम्रो रहेको उनको भनाई छ ।

    त्यस्तै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले हुलाकी राजमार्गमा थोरै मात्रै बजेट छुट्टयाइएको भन्दै यसका पुनर्विचार गर्नुपर्ने बताएका थिए । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन् । उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् । पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ भन्दै उनले अर्थमन्त्रीलाई प्रश्न गरे । नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उनले यसै वर्ष धान खेतीमा राख्ने मल अभाव हुनेतर्फ भने सरकार सचेत नरहेको बताए । सुन्निनु र मोटाउनु फरक कुरा हो भन्दै नेता त्रिपाठीले अहिलेको बजेट सुन्निएको देखिएको टिपप्णी गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित