- Loading...
बर्दियाको मधुवन र बारबर्दियामा भेटिएको किरा सलह नभएको पुष्टि
- कृषि टि.भी.
- ९ महिना अघि
- २२ पटक पढिएको


काठमाण्डौं । बर्दिया जिल्लाको मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकाको नदिको तटिय क्षेत्रमा सलह जस्तै देखिने फटेग्रा सलह नभएको पुष्टि भएको छ । मधुवन नगरपालिका वडा न. ४ र बारबर्दिया नगरपालिका वडा न. २ को सिमाना बबई नदि किनारा लठुवाघाट नदि बगरमा करिब ४ विघा क्षेत्रफलमा सलह जस्तै देखिने फटेग्रा देखा परेको थियो । आँक र बेर्समा जस्ता हरिया दुधिला बन्सपतिमा लाखौको सख्यामा फटाग्रं देखा परेपछी स्थानीयहरुले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलय गुलरियामा खबर गरेका थिए । स्थानीयको खवरपछि विज्ञ सहितको टोलिले अनुगमन गरेको थियो । अनुगमन टोलिले सलह नभइ ईन्डीयन जाती पेन्टर ग्राससुपर भनेर चिनिने फटेग्रा भएको बताएको छ । किसानहरुलाई नडराई सचेत रहन एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले अग्रह गरेको छ ।

अनुगमन टोलिले फिल्ड अपशेसन गर्दा किसानको खेतबारीमा किराले नोक्सान नगरेको पाइएको बताएको हो । कार्यलयका अनुसार किरा आईसकेपछी यसलाई ब्यवस्थापन गर्न विभिन्न तरीका अपनाउन पर्ने छ । यसले माटो मुनी अण्डा पार्ने भएकोले आलिहरुमा विशेष गरेर आलि भन्दा माथि माटो थुर्पादिनुपर्छ ।
मधुवन क्षेत्र भित्र देखिएको यो फटाग्रा किरा सम्बन्धि कृषि अनुसंन्धान निदेर्शनालय बाँके सहितको एउटा विज्ञ टोली सहित अनुगमन गरेका हो ।

