FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लाखौं नोक्सानी व्यहोर्दा पनि विचल्लीत नभएका तिलक, कृषिमै खोज्दैछन् भविष्य

    • कृषि टि.भी.
    • ९ महिना अघि
    • १७ पटक पढिएको
    लाखौं नोक्सानी व्यहोर्दा पनि विचल्लीत नभएका तिलक, कृषिमै खोज्दैछन् भविष्य

    काठमाण्डौं । पछिल्ला समय स्वदेशमै केहि गर्नुपर्छ भन्ने उदेश्यले विदेशीएका युवाहरु स्वदेश फर्किन थालेका छन् । तिनै मध्य एक हुन् तिलक बस्नेत । ७ वर्ष बैदेशिक रोजगारीमा विताएका तिलक स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किए । पहिलो रोजाई नै कृषि रह्यो र सुरुवात कुखुरा पालनबाट व्यवसाय शुरु गरे । कुखुरा पालन व्यवसाय ईटहरीबाट थालेका तिलक अहिले भने सामूहिक खेती गरीरहेका छन् । हाल बाराक्षेत्र नगरपालिका ४ धनपुरीमा २ साथीहरुसँग मिलेर आकाशेदेवि बहुउदेश्य कृषि उपज प्रा.लि दर्ता गरी सामुहिक रुपमा कुखुरा, बाख्रा, राँगा पालन गरीरहेका छन् । साथै पशुहरुका लागि आफैले हरियो घाँस पनि लगाएका छन् । कृषिमा समस्या नै समस्या भएको उनको भनाई छ । बजारी करणमा समस्या, बिचौलियाको बिगबिगी लगायतका कारण दिनरात नभनि मेहनत गर्दै आएका किसान सधै मर्कामा परेको उनले गुनासो गरे ।

    तिलकले पशुपन्छि पालन क्षेत्रमा लाग्दैगर्दा राँगाबाट राम्रो आम्दानी लिन सफल भएभने कुखुरा पालनमा भने निकै घाटा व्यहोर्नुप¥यो । व्यवसायको सुरुवात कुखुरा पालनबाट गरेका उनले व्यवस्थापन राम्रो गर्न नसक्दा २ घण्टामै ३ लाखको घाटा व्यहोर्नु परेको बताउँछन् । तरपनि उनले हार मानेनन् । बरु दुई साथीलाई आफूसँग जोडी सामूहिक रुपमा व्यवसाय बढाए । बैँकबाट ९० लाख लोन लिएर १ बिघाको क्षेत्रफलमा कुखुरा, बाख्रा, राँगा, पाल्नुका साथै खेतिपाती पनि गरिरहेका छन् । व्यवसायिक कृषिमा लागेको लामो समय भएपनि राज्यबाट भने केही सहयोग पाएका छैनन् ।

    स्वदेशमै बसेर कृषि क्षेत्रमा केही गर्छु भन्नेहरुका लागि राज्य नभएको अनुभुति हुदै आएको छ । किसानहरु सधै राज्यको उपेक्षामा पर्दै आएका छन् । वास्तविक किसानले न कुनै राज्यबाट सञ्चालित कार्यक्रमबाट लाभ लिन पाएका छन् नत अनुदान नै ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित