FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जुम्लाको हिमा गाउँपालिका–२ ओदी पाटनमा भेडा स्रोत केन्द्र स्थापना

    • कृषि टि.भी.
    • ९ महिना अघि
    • १६ पटक पढिएको
    जुम्लाको हिमा गाउँपालिका–२ ओदी पाटनमा भेडा स्रोत केन्द्र स्थापना

    काठमाण्डौं । जुम्लाको हिमा गाउँपालिका–२ ओदी पाटनमा पशुसेवा कार्यालय जुम्लाले भेडा स्रोत केन्द्र स्थापना गरेको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र स्थापना गरिएको पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए । एक जिल्लामा एक स्रोत केन्द्र बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार जिल्लामा भेडापालनलाई स्तरवृद्धि गरी केन्द्र स्थापना गरिएको हो । सो स्रोत केन्द्रमा २०० भेडा रहेका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुई भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र ७०० मिटर घेरवार कार्य सम्पन्न भइसकेको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार चन्दननाथ नगरपालिका स्रोत केन्द्रको डिपिआर आठ करोड र अन्य चालु खर्च गरी करिब११ करोडमध्ये तीन आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट दुई करोड ८० लाख निकासा भएको छ । अन्य दुई करिब ५०० भेडा बस्ने क्षमताका भवन, वधशाला निर्माण, खानेपानी, औषधि उपचार, समूहलाई क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम रहेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित