FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नौ बुँदे घोषणपत्र जारी गर्दै राष्ट्रिय भेटेरिनरी सम्मेलन सम्पन्न

    • कृषि टि.भी.
    • ९ महिना अघि
    • १८ पटक पढिएको
    नौ बुँदे घोषणपत्र जारी गर्दै राष्ट्रिय भेटेरिनरी सम्मेलन सम्पन्न

    काठमाण्डौं । नौ बुँदे घोषणापत्र जारी गर्दै १४ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन सम्पन्न भएको छ । ३ र ४ गते पोखरामा आयोजना भएको दुई दिने सम्मेलनले नौ बुँदे घोषणापत्र जारी गरेको हो । ‘राष्ट्रको सुरक्षाका लागि पशु चिकित्सकहरू, अन्तर्राष्ट्रिय प्रतिबद्धताका लागि छलफल’ मूल नारा दिइएको सम्मेलनमा पशु चिकित्सा, पशु स्वास्थ्य, एक स्वास्थ्य, पशुपन्छी तथा मत्स्य उत्पादन तथा व्यवस्थापनलगायत क्षेत्रका अनुसन्धान तथा खोजबारे बृहत प्रस्तुति तथा छलफल भएको थियो । स्वदेशी तथा विदेशी पशु चिकित्सक, पशु विज्ञान र मत्स्य क्षेत्रमा संलग्न वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्तालगायत ४०० जनाको उपस्थिति रहेको कार्यक्रममा ६९ वैज्ञानिकको कार्यपत्रमाथि विशेष छलफल भएको थियो । यसैबीच, दक्षिण एसियाली राष्ट्रहरुका भेटेरिनरी एशोसिएसनको कार्यसमितीमा सम्मेलनले इण्डियन भेटेरिनरी एसोसिएसनका अध्यक्षको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । समितिको महासचिव डा. शीतलकाजी श्रेष्ठ चयन भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित