FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दियामा किसानका लागि पुस्तकालय र ज्ञान कक्ष स्थापना

    • कृषि टि.भी.
    • ९ महिना अघि
    • २६ पटक पढिएको
    बर्दियामा किसानका लागि पुस्तकालय र ज्ञान कक्ष स्थापना

    काठमाण्डौं । एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाले कृषक पुस्तकालय तथा ज्ञान कक्ष, ज्ञान केन्द्र र कल सेन्टर शुभारम्भ गरेको छ । लुिम्बनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि ब्यवस्था मन्त्रालयका सचिब याम नारायण देबकोटाले शुभारम्भ गरेका हुन् । कृषकहरुलाई विषयगत ज्ञान बृद्धिका लागी सबै प्रकारका प्राविधिक पुस्तकहरु, उपयोगि सामाग्रीको प्रर्दशनी सहितको पुस्तकालय स्थापना गरिएको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए । कार्यालयमा सेवा लिन आउने किसानहरुलाई समयको सदुपयोग तथा कृषि ज्ञानका कुरा सिकाउन कक्षको निर्माण गरिएको उनको भनाई छ । ज्ञान कक्षमा किसानहरुले तत्काल भोगिरहेका समस्या समाधानका लागि अडियो तथा भिडियो मार्फत पनि सेवा प्रदान गरिने कार्यालयका प्रमुख घिमिरेले बताए ।

    कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव देवकोटाले कृषकहरुको ज्ञान क्षमतामा वृद्धि गर्न, तत्काल समस्या समाधान र प्रविधि हस्तान्तरण समेतका लागी कृषक पुस्तकालय, किसान कल सेन्टर, कृषक सहयोगी कक्ष र बल्क एस एम एस सेवा संचालनमा ल्याइएको बताए । देशैभर पुस्तकालय तथा ज्ञान कक्ष स्थापना गर्न सके कृषि शिक्षा र प्रविधिबाट ओझेलमा परेका कृषकहरुलाई थप टेवा पुग्ने उनको भनाई छ ।

    पैसा अभावमा इच्छा भएरपनि किताब किन्न नसकेर पढ्नबाट बञ्चित भएका युवादेखि बृद्धसम्मलाई पुस्तकालय सञ्चालनले धेरै नै सहज हुने दिगोपन सामाजिक महिला उद्येमी कृषि सहकारी संस्थाकि अध्यक्ष्य जित कुमारी योगीले बताइन् ।

    किसान कल सेन्टर र किसान पुस्तकालले किसानहरुमा छुटै खुसी छाएको छ । पुस्तकालयमा राखिएका कृषि सम्बम्धि सामाग्रीहरुले किसानहरुलाई सहयोगी भूमिका खेल्ने अपेक्षा उनीहरुको छ ।

    कार्यक्रममा कृषक ,कृषि समुह ,कृषि सहकारी का प्रतिनिधिहरुका साथै स्थानिय आम संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित