- Loading...
नेपाली उत्पादनको बजारीकरणका लागि निर्मित इ–कमर्शको शुभारम्भ
- कृषि टि.भी.
- १ साल अघि
- २०३ पटक पढिएको


काठमाण्डौं । बिहीबार काठमाडौंमा उद्योग मन्त्रालय, नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा नेपाली उत्पादनको बजारीकरणका लागि निर्मित इ–कमर्शको शुभारम्भ गर्दै मन्त्री बडुले आगामी आर्थिक बर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको समेत बताउनुभयो । यसका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रुपमा कार्यक्रम अघि बढाएको उहाले जानकारी दिनुभयो ।

मन्त्री बडुले साना तथा घरेलु उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र रहेको जिकिर गर्नुभयो । उहाले स्वदेशी बस्तु उत्पादन, बजारीकरण र निर्यातका लागि सरकार पूर्ण रुपमा नीजि क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । मन्त्री बडुले इ–कमर्शमार्फत स्वदेशी बस्तुको प्रवद्र्धन र बजारीकरणका लागि सहज हुने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यस क्षेत्रको उचित प्रवद्र्धन आवश्यक रहको बताउनुभयो । साना तथा मझौला उद्योगहरुलाई महासंघको पहलमा बिनाधितो कर्जा उपलव्ध गराउने सरकारको कार्यक्रम आएको भन्दै यसलाई छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बिहीबार सार्वजनिक गरिएको इ–कमर्शबाट स्वदेशी बस्तुको बिक्रि बितरण समेत गरिने घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

