- Loading...
चालु आवमा एक हजार मेट्रिक टन मल वितरण
- कृषि टि.भी.
- १ साल अघि
- १८१ पटक पढिएको


काठमाण्डौं । कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८र७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए ।

कार्यालयमा हाल ५२।५५ मेट्रिक टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया, डिएपी र कृषि चुन मल अभाव रहेको शर्माले बताए । चालु आर्थिक वर्षमा ६२४।४ मेट्रिक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ । ३२४।३५ मेट्रिक टन डिएपी र पाँच मेट्रिक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ ।
कार्यालयमा सुरुमा १४१।४ मेट्रिक टक युरिया रहेकामा पछि ४८३ मेट्रिक टन प्राप्त भएको थियो । त्यस्तै ११७।३५ मेट्रिक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ । धान रोपाइँ सुरु भइसक्दा युरिया, डिएपी मल अभाव हुँदा किसान मर्कामा परेका छन् । अधिकांश ठाउँका किसानले मलबिना नै रोपाइँ सुरु गरिसकेका छन् ।
कार्यालयले जिल्लाका दशवटै स्थानीय तहमा रहेका डिलरमार्फत् मल बिक्री वितरण गर्दै आएको छ । आँबुखैरेनीबाट ५०।५, घिरिङबाट १४।५०, देवघाटबाट ७।२५, भानुबाट २१५।४५, भिमादबाट २०।७५, म्याग्देबाट १५।७, बन्दीपुरबाट २४।५, व्यासबाट २१४।७५ र शुक्लागण्डकीबाट १२२।७७५ मेट्रिक टन मल बिक्री वितरण भएको छ । आँबुखैरेनीस्थित चार वटा डिलरबाट ४३।२५ मेट्रिक टन युरिया, पाँच मेट्रिक टन डिएपी र २।२५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । घिरिङस्थित चार वटा डिलरबाट ११।२५ मेट्रिक टन युरिया, २।८५ मेट्रिक टन डिएपी र ०।४ मेट्रिक टन पोटास मल वितरण गरिएको छ ।
देवघाटस्थित तीन वटा डिलरबाट ७।२५ मेट्रिक टन युरिया मल बिक्री वितरण भएको । भानुस्थित १८ वटा डिलरबाट १४४।८ मेट्रिक टन युरिया, ६०।४ मेट्रिक टन डिएपी, ७।०५ मेट्रिक टन पोटास र ३।२ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ । भीमादस्थित चार वटा डिलरबाट १२।८५ मेट्रिक टन युरिया, ६।२५ मेट्रिक टन डिएपी, ७।०५ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । म्याग्देस्थित तीन वटा डिलरबाट ९ मेट्रिक टन युरिया, ६ मेट्रिक टन डिएपी, ०।७ मेट्रिक टन पोटास, बन्दीपुरस्थित छ वटा डिलरबाट १३।२५ मेट्रिक टन युरिया, ९।२५ मेट्रिक टन डिएपी र २ मेट्रिक टन पोटास मल वितरण गरिएको छ ।
व्यासस्थित २० वटा डिलरबाट १३९।४५ मेट्रिक टन युरिया, ६३।२ मेट्रिक टन युरिया र १२।१ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । शुक्लागण्डकीस्थित १२ वटा डिलरबाट ५३।२ मेट्रिक टन युरिया, ५६।४ मेट्रिक टन डिएपी, १३।१ मेट्रिक टन पोटास र ०।०७५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ ।
जिल्लाबाहिर पनि २५९।७७५ मेट्रिक टन वितरण
कार्यालयले तनहुँका अतिरिक्त लमजुङमा पनि मल बिक्री वितरण गर्दै आएको छ । लमजुङका ११२ डिलरबाट २५९।७७५ मेट्रिक टन मल वितरण गरिएको कार्यालयले जनाएको छ । लमजुङको मध्यनेपाल नगरपालिकाबाट सात वटा डिलरबाट ४३ मेट्रिक टन युरिया, १६।५ मेट्रिक टन डिएपी र २।७५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिकास्थित दुई वटा डिलरबाट ३।५ मेट्रिक टन युरिया, ०।७५ मेट्रिक टन डिएपी, ०।५ मेट्रिक टन पोटास र ०।२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ ।
राइनास नगरपालिकास्थित आठ वटा डिलरबाट ३८।२५ मेट्रिक टन युरिया, ६।५ मेट्रिक टन डिएपी, १।१ मेट्रिक टन पोटास, बेँसीशहर नगरपालिकास्थित छ वटा डिलरबाट ३३ मेट्रिक टन युरिया, २।८५ मेट्रिक टन डिएपी, २ मेट्रिक टन पोटास र ०।६२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकास्थित १२ वटा डिलरबाट ७२।३५ मेट्रिक टन युरिया, ३३।९ मेट्रिक टन डिएपी, १।३५ मेट्रिक टन पोटास र ०।६ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ ।
एक सय एक परिवारलाई लालपुर्जा
नापी कार्यालय तनहुँले ऋषिङ–४ भीरकोटका एक सय एक परिवारलाई गाउँ ब्लक अन्तर्गत लालपुर्जा वितरण गरेको छ । साविकको भीरकोट गाउँ विकास समिति अन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो ।
गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणलाई पुर्जा वितरण गरेका थिए । पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैँकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्शानाप गरिएको थियो ।
तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्शा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो । कार्यालयले यसअघि तनहुँको आँबुखैरेनी, बन्दीपुर गाउँपालिकामा पनि गाउँ ब्लक अन्तर्गतका पुर्जा वितरण गरिसकेको छ । तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ ।

