FLASH NEWS
- Loading...
अविरल वर्षाले पोखरा महानगरपालिकामा ३०० भन्दाबढी घर डुबान
- कृषि टि.भी.
- ९ महिना अघि
- २६ पटक पढिएको


काठमाण्डौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेका छन् । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएका छन् । बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानमा गएर बसेका थिए । पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पु¥याए बताइएको छ । जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताए ।


प्रतिक्रिया दिनुहोस
