FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दियामा चक्लाबन्दीमा आधारित केरा खेतीको अनुगमन

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६६ पटक पढिएको
    बर्दियामा चक्लाबन्दीमा आधारित केरा खेतीको अनुगमन

    काठमाण्डौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ कार्यालय गुलरिया बर्दियाले चक्लाबन्दीमा आधारित केरा खेतीको अनुगमन गरेको छ । गुलरिया नगरपालिका वडा न. ४ मा परियोजनाको ५० प्रतिशत अनुदान सहयोगमा दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिद्धारा चक्लाबन्दीमा आधारीत खेती मार्फत उत्पादन वृद्धिका लागि सहयोग कार्यक्रम सञ्चालनमा रहेको छ । जसअन्र्तगत १७ घरधुरी कृषकहरु आवद्ध छन । कार्यक्रमबाट लाभन्वित किसान धु्रब मल्लले परियोजनाद्धारा पाएको कृषिजन्य सामाग्रीले केरा खेती गर्न हौसला मिलेको बताए ।

    अहिले कार्यक्रम अन्र्तगत १० हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । केरा खेती गरिरहेका कृषकलाइ २८ हजार केराको विरुवा , मोटर १६ थान, स्प्रे टयाङ्गी १७ थान वितरण गर्नुका साथै १२ वटा भुमिगत बोरिङ्ग जडान गरिएको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का व्यवस्थापक मुक्तिराम पौडेलले बताए ।

    यसैगरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ रुपन्देही, लुम्बिनी प्रदेश समन्वय इकाइ प्रमुख नारायण काफ्लेले कृषकहरुले गरेको गतिविधि र नीतिगत समस्याका बारेमा बुझने उद्देश्यले अनुगमन सँगै समीक्षा कार्यक्रम गरेको बताए ।

    बर्दिया जिल्लाको ६ वटा स्थानीय तहमा ३ सय हेक्टर क्षेत्रफल जमिनमा ब्यवसाय केरा खेती हुने गरेको छ । यहाँका करिव ४ सय कृषकहरु केरा खेतीमा आवद्ध छन भने वार्षिक ८ हजार मेट्रिक टन केरा उत्पादन हुने गर्दछ । जसबाट वार्षिक २१ करोड कारोबार हुने गरेको केरा जोन समन्वय समिती बर्दियाले जनाएको छ । दिगोपन सामाजिक महिला उद्यमी सहकारी संस्था लि मार्फत केरा खेती गरेका कृषकलाइ केराको बेर्नामा ५० प्रतिशत अनुदान सहयोग गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ गुलरिया बर्दियाका कार्यालय प्रमुख कृष्ण धितालको भनाइ छ ।

    सहकारी सस्थाका अध्यक्ष जित कुमारी योगीले सहकारीका युवावर्गहरु सक्रिय रुपमा लागेकाले यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिन । उनले आगामी दिनमा आधुनिक प्रविधिको प्रयोग गरेर केराबाट थप उत्पादन लिन सक्ने बताइन ।

    अनुगमन कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ कार्यालय रुपन्देही, लुम्बिनी प्रदेश समन्वय इकाइ प्रमुख सहित १० वटा जिल्लाका परियोजना प्रमुखहरुको सयुक्त टोलीको सहभागीता रहेको थियो । बर्दियाबाट संवाददाता शिवा शर्माको रिपोर्ट ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित