FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बासमती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ मा पुगेन पहल

    • कृषि टि.भी.
    • ९ महिना अघि
    • २३ पटक पढिएको
    बासमती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ मा पुगेन पहल

    काठमाण्डौं । नेपालले बासमती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ दाबी गर्दै प्रमाण युरोपेली सङ्घलाई पठाएको एक वर्ष बित्दा पनि त्यसबारे अझै निर्णय हुन सकेको छैन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८० वटा प्रमाण युरोपेली सङ्घलाई पठाएर बासमती धानको भौगोलिक सङ्केत अधिकार आफ्नो रहेको दाबी गरेको थियो । त्यसपछि युरोपेली सङ्घले ती प्रमाणबारे थप स्पष्ट पार्न नेपाललाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा नेपालले फेरि थप चारवटा प्रमाण युरोपेली सङ्घलाई पठाएको थियो । पछिल्लो प्रमाण पठाएको एक वर्षभन्दा बढी भइसक्दा पनि कुनै निचोड नआएको नार्कले जनाएको छ । एक महिनादेखि तीन महिनाभित्रै निचोड आइपुग्नुपर्ने जानकारीहरु बताउँछन् । सुरुमा भारत र पाकिस्तानले बासमती धानमा आआफ्नो देशको अधिकार रहेको भनि दाबी गरेपछि नेपालले पनि आफ्नो हो भनी दाबी गर्दै पत्र पठाएको हो । त्यसपछि बासमती धानको आधिकारिताका लागि तीन देशको बीचमा प्रतिस्पर्धा चलिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित