FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • यसरी मनाइँयो धान दिवस (फोटो फिचर)

    • कृषि टि.भी.
    • १ साल अघि
    • १७८ पटक पढिएको
    यसरी मनाइँयो धान दिवस (फोटो फिचर)

    काठमाडौं । बुधबार नेपालका विभिन्न ठाउँमा धान रोपाइँ गरेर धान दिवश मनाइएको छ । उन्नाइसौं राष्ट्रिय धान दिवशका अवसरमा कृषिमन्त्री महिन्द्र राय यादवले पनि मेसिनबाट धान रोपेका छन् । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटार फार्म परिशरमा पुगेर कृषिमन्त्री यादवले धान रोपेका हुन् । धान रोप्न खुमलटार पुगेका कृषिमन्त्रीलाई पञ्चेबाजासहितको असारे धुनले स्वागत गरिएको थियो । दिवशको अवसरमा बोल्दै मन्त्री यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताएका छन् ।

    मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताए । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवले बताए ।

    अहिले कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उनले डिएपी भने पुग्ने र आउने क्रममा रहेको मन्त्री यादवले बताए । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थ आयात गरेजस्तै मल आयात गर्नुपर्ने बताए ।

    कार्यक्रममा कृषिमन्त्रीसहित सचिव डा. गोबिन्दप्रसाद पौडेल, कृषि विभागका महानिर्देशक, नार्कका प्रमुख तथा प्रतिनिधी तथा अन्य सरकारी कार्यालयका कर्मचारीको समेतको उपस्थिति थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित