- Loading...
लमजुङमा ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न
- कृषि टि.भी.
- १ साल अघि
- ४८ पटक पढिएको


काठमाण्डौं । लमजुङमा हालसम्म ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा पर्याप्त पानी परेसँगै अधिकांश भागमा छिटो रोपाइँ थालिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाका अनुसार यतिबेला मुस्किलले ३० प्रतिशतको हाराहारी रोपाइँ भएको थियो । यस वर्ष जेठ महिनादेखि नै पानी परेकाले मूल फुटेको, भलपानी छोप्नुपर्ने र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ भइरहेको छ । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी मस्र्याङ्दी र क्व्होलासोथर गाउँपालिकामा रोपाइँ भएको छ । केन्द्रका अनुसार लमजुङको ४५ हजार ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये १६ हजार ६१२ हेक्टरमा धानखेती हुँदै आएको छ । त्यस्तै, ९१० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । रोपाइँ हुने खेतमध्ये गत वर्ष ९० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भएको केन्द्रले जनाएको छ ।।


