FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उपभोग्य वस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा

    • कृषि टि.भी.
    • १ साल अघि
    • ५४ पटक पढिएको
    उपभोग्य वस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा

    काठमाण्डौं । पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि हुदाँ उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ । दुई महिनाअघि प्रतिलिटर ३५० मूल्य रहेको खाने तेलको मूल्य हाल ३६० पुगेको छ । तोरी पर्याप्त मात्रामा नपाउँदा बढेको तोरीको मूल्यसँगै तेलको मूल्य पनि वृद्धि गर्नुपरेको तेल उत्पादक व्यापारीको भनाइ छ । दुई महिना अघिसम्म प्रतिकिलो ६० देखि ७० पर्ने गेलभेँडाको मूल्य बढेर अहिले १६० पुगेको छ । यसैगरी प्रतिकिलो भिन्डी ७०, काउली ९०, रायो १००, घिउसिमी ७०, तनेबोडी १०० नयाँ आलु ६०, पुरानो आलु ३५ पुगेको छ । प्रतिकिलो हरियो खुर्सानी १५०, लौका र फर्सी ४० देखि ५० पुगेको छ । लौका र फर्सीको मूल्य स्थिर रहेपनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको उपभोभक्ताले बताएका छन् । मूल्य वृद्धि अस्वभाविक ढङ्गले बढ्दै गए पनि यसको अनुगमन गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको किसानहरुको गुनासो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित