FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपालमा कटुस देखि जुनेलो समेत विदेशबाट आयात

    • कृषि टि.भी.
    • १ साल अघि
    • ५३ पटक पढिएको
    नेपालमा कटुस देखि जुनेलो समेत विदेशबाट आयात

    काठमाण्डौं । नेपाल कसरी परनिर्भरता तर्फ धकेलिदै छ भन्ने एउटा साधारण उदाहराणको रुपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुस आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत नेपालमा आयात भएको तथ्याक सार्वजनिक भएको छ । व्यावसायिकरूपमा खेती गर्नु नपर्ने, वनजङ्गलमा सजिलै पाइने तथा गाउँघरमा खेर गइरहेको कटुससमेत आयात हुन कुन हदसम्मको परनिर्भरात होला आफै अनुमान लगाउनुहोस् । एघार महिनाको अवधिमा ७६ किलो कटुस आयात भएको छ । त्यसको मूल्यमात्रै ४९ हजार बराबर छ । सानो परिमाण भए पनि यसबाट विदेशी मुद्रा थप विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको आयात निर्यातसम्बन्धी विवरणानुसार १३ लाख ७४ हजार ७८६ किलो काजु आयात भएको छ । भारत, भियतनाम, मोजाम्बिक, नाइजेरिया, चिली, अमेरिकालगायत देशबाट नेपालमा काजु आयात हुने गरेको छ । भारतबाट मात्रै ४९ करोड १७ लाख ५९ लाख मूल्यमा ५७ लाख ३५ हजार ७८ हजार किलो काजु भित्रिएको हो । त्यस्तै चालु आवको ११ महिना अवधिमा ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम आयात भएको छ । विभागका अनुसार यस अवधिमा ६९ करोड ६० लाख ४९ हजार मूल्यमा २२ लाख ७७ हजार ५३७ किलो ओखर आयात भएको छ । नेपालको भिरपाखामा सहजै रोप्न सकिने ओखरसमेत आयात गरेर खानुपर्ने अवस्थाका कारण नेपालको परनिर्भरता झनै बढेर हो । छिमेकी मुलुक चीनबाट ओखर सबैभन्दा धेरै भित्रिने गरेको तथ्याङ्क छ । चालु आवको ११ महिनामा चीनबाट २० लाख ५६ हजार ६७९ किलो ओखर ६३ करोड १० लाख ७८ हजार मूल्य बराबरको आयात भएको छ । बाँकी परिमाण भने भारतलगायतका अन्य देशबाट आयात भएको छ । त्यस्तै छ करोड ३७ लाख ६१ हजार मूल्यमा कूल छ लाख ९४ हजार २२३ किलो छोकडा आयात भएको छ । त्यस्तै चालु आवको गएको ११ महिनामा एक अर्ब ७० करोड ८५ लाख ८५ हजार मूल्य बराबरको कूल ८४ लाख ५१ हजार ४१५ किलो सुपारी आयात भएको छ । उक्त परिमाणको सुपारी नेपालले इन्डोनेशियाबाट आयात गरेको हो । नेपालले सुपारीको निर्यातसमेत गर्दछ । नेपालले यस अवधिमा रु ५६ करोड ८७ लाख ७० हजार मूल्य बराबरको १४ लाख १० हजार ६४० किलो सुपारी निर्यात गरेको छ । विभागका अनुसार यस्ता अन्य ड्राइफ्रुट्स एक अर्ब ४३ करोड ७१ लाख ८४ हजार बराबरको आयात भएको छ । नेपालीले नेपालको भौगोलिक अवस्था तथा हावापानीमा राम्रो उत्पादन हुने जुनेलोसमेत आयात गरिरहेको विवरण छ । नेपालले चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७७७ किलो जुनेलो ४० हजार मूल्यमा आयात गरेको छ । बारीका डिलमा रोप्दा हुने जुनेलो खरिद हुनु परनिर्भरताको पराकाष्ठा हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित