FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मुलुकभर बजार अनुगमन सुरु

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९९ पटक पढिएको
    मुलुकभर बजार अनुगमन सुरु

    काठमाण्डौं । सरकारले मुलुकभर एकैसाथ बजार अनुगमन सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १७ गते शुक्रबार केन्द्र, प्रदेश र स्थानीय तहका साथै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एकै साथ अनुगमन गरिएको जानकारी दिएको हो । अनुगमनका क्रममा मुलुकभरका बिभिन्न स्थानमा ७१ वटा कम्पनीलाई कारवाही गरिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । जसमध्ये बिभागले गरेको २५ वटा फर्मको अनुगमनका क्रममा ९ वटालाई कारवाही गरिएको छ । त्यस्तै प्रदेश १ मा २० फर्ममा अनुगमन गरिएको छ भने मधेश प्रदेशमा गरिएको १३ फर्मको अनुगमनका क्रममा ११ लाई कारवाही गरिएको बिभागले जनाएको छ । त्यस्तै अन्य स्थानमा पनि प्रभावकारी रुपमा अनुगमन गरिएको शर्माले बताए । त्यस्तै बजारमा चिनिको भाउ महङ्गीएको बिषयमा पनि बिभागले आपूर्ति मन्त्रालयलाई अध्ययनका लागि अनुरोध गरिएको उनले जानकारी दिए । बजारमा अन्य कम्पनीको नूनको बिषयमा पनि छानविन गर्न अनुसन्धान टिम बनाएको र नूनको नमुना परिक्षणका लागि पठाइएको जानकारी दिए ।

    यस्तै बिभागले ७७ वटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई निरन्रता दिने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित