
FLASH NEWS
- Loading...
कैलालीका किसानलाई राहत वितरण
- कृषि टि.भी.
- ८ महिना अघि
- २५ पटक पढिएको


काठमाण्डौं । गत वर्ष कात्तिकमा आएको बाढीबाट धानबालीमा क्षति व्यहोरेका कैलालीका किसानलाई बल्ल राहत वितरण थालिएको छ । नेपाल सरकारको राहत मापदण्ड र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लाको १३ वटै पालिकाका किसानलाई राहत वितरण गर्न थालिएको बताइएको छ । असार २५ गतेभित्रै सबै स्थानीय तहका किसानलाई राहत रकम वितरण गरेर सक्कल कागजात प्रशासनमा बुझाउन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गतवर्षको असोज अन्तिम र कात्तिक पहिलो साता भएको बेमौसमी वर्षा र त्यसपछि आएको बाढीले जिल्लाका किसानको धानबालीमा ठूलो नोक्सान भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभरिका ८३ हजार ३५९ किसानको ४८ हजार १२४ हेक्टरमा लगाइएको धानीबालीमा पूर्ण क्षति भएको थियो ।


प्रतिक्रिया दिनुहोस
