FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लुम्बिनीमा खाद्यान्न उत्पादन वृद्धि

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६९ पटक पढिएको
    लुम्बिनीमा खाद्यान्न उत्पादन वृद्धि

    काठमाण्डौं । चालू आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा खाद्यान्न उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । समीक्षा अवधिमा मकै उत्पादन ४२.८३ प्रतिशत, कोदो २.८० प्रतिशत, फापर ३५८.३० प्रतिशत, आलु ०.१४ प्रतिशत, भटमास १.६७ प्रतिशतले उत्पादन बढेको छ । तर धान उत्पादन भने २४.५४ प्रतिशत, उखु १६.९९ प्रतिशत, दलहन ३२.२८ प्रतिशत र तेलहन उत्पादन ३४.४३ प्रतिशतले घटेको केन्द्रीय तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख छ । यस्तै चालू आर्थिक वर्ष लुम्बिनी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा २६.१५ प्रतिशतले वृद्धि भई ४७ अर्ब ४६ करोड दुई लाख पुगेको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा लुम्बिनी प्रदेशको योगदान १४ दशमलव १ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४ प्रतिशत रहने अनुमान गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित