- Loading...
गुल्मीमा ५ सय ७५ रोपनी जग्गामा फलफूल खेती सुरु
- कृषि टि.भी.
- १ साल अघि
- २१९ पटक पढिएको


काठमाडौं । गुल्मीमा ५ सय ७५ रोपनी जग्गामा फलफूल खेती सुरु भएको छ ।

जिल्लामा थप एक सय रोपनी जग्गामा अन्य खेती गरी कुल ६ सय ७५ रोपनी क्षेत्रफलमा चक्लाबन्दी खेती सुरु भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन एकाइ गुल्मीका अनुसार सितलबस्ती कृषक समूह कालीगण्डकीमा दुई सय रोपनीमा कफी ,उद्यमशिल कफी उत्पान समूह सत्यवतीमा दुई सय रोपनीमा कफी, खनाल सुन्तला फर्म धुर्कोटमा ७५ रोपनीमा सुन्तला, माधुरी कृषि तथा सुन्तला जात फलफूल फर्म धुर्कोटमा एक सय रोपनीमा सुन्तला र प्रगतिशिल कृषक समूह धुर्कोट किसानटारीमा एक सय रोपनी क्षेत्रफलमा धान र मकैको चक्लाबन्दी खेती गरिएको छ ।
कृषि यन्त्रहरुको प्रयोग गरी चक्लाबन्दी खेती गरिएको कार्यालयले जनाएको छ । यसरी चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने, लागत, समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने परियोजनाको दाबी छ ।

