- Loading...
मुगु जिल्लामा कम्प्युटर सिप बिकास तालिम सम्पन्न
- कृषि टि.भी.
- ८ महिना अघि
- २८७ पटक पढिएको

सनत कुमार हमाल, मुगु । कर्णाली प्रदेश को मुगु जिल्लामा मुख्यमन्त्री दलित आयआर्जन प्रबर्दन कार्यक्रम अन्तर्गत कम्प्युटर सिप बिकास तालिम सम्पन्न भएको छ ।

मुगु जिल्ला उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय को आर्थिक सहयोग र इन्टरसफ्ट आइटी ट्रेट मुगु को प्राबिधिक सहयोगमा कर्णाली प्रदेश सरकार मुख्यमन्त्री दलित आयआर्जन प्रवद्धन कार्यक्रम अन्तर्गत मुगु जिल्लाका ५० जना दलित युवायुवती हरुले कम्प्युटर अपरेटर तालिम लियका छन्
मिति २०७९÷०३÷०१ देखि २०७९÷०३÷२२ गते सम्म २२० घण्टा कम्प्युटर अपरेटर तालिम संचालन गरि सम्पन भयको छ सो समापन कार्यक्रम मा जिल्ला समन्वय प्रमुख मन्जन कार्की बाट लाभ ग्राही लाइ प्रमाण पत्र सहित धन्यबाद दिनु भयको छ । प्रमुखले अबको समय कम्प्युटर जमाना भएको र अझै कम्पुटर सिप लाइ गुणस्तरिय बनाउदै लैजानुहोला भनेर लाभ ग्राही लाइ सुझाव दिए ।
इन्टरसफ्ट आइटि ट्रेड मुगु का ससंचालक नरेश शाहिले ति ५० जना दतित युवायुवती हरु मध्य कुनै ले पनि अरु कोर्स गर्नु परे आफुले सहुलियत सेवा दिने बताए ।
सेवाग्राहीहरु ले यो तालिमले आफुहरुलाई धेरै राहत भएको बताएका छन् ।

