
- Loading...
बर्दिया जिल्लामा मानव र वन्यजन्तुबीचको द्धन्द्ध बढ्यो, यस्तो छ क्षतिको विवरण
- कृषि टि.भी.
- १ साल अघि
- २९६ पटक पढिएको

बर्दिया । जिल्लामा पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्धन्द्ध विस्तारै बढ्दो क्रममा छ । डिभिजन वन कार्यालय बर्दियाले मानव वन्यजन्तु द्धन्द्ध ब्यवस्थापनका लागि अन्तरक्रिया गरेको छ । २०७५ साल पछि मानव वन्यजन्तु बिचको द्धन्द्ध बढदो क्रममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्र अधिकार भित्र रहेको वन क्षेत्रमा आर्थिक वर्ष २०७५÷०७६ देखि चालु आर्थिक वर्षसम्म १३ जना मानिसको मृत्यु भएको र ३४ जना घाईते भएका छन । त्यतिमात्रै हैन १ सय ६९ वटा पशु धनको क्षति भएको, ३९ व्यक्तिको घरगोठको क्षति भएको र २ सय ३४ जना व्यक्तिको अन्नबाली क्षति भएको वन कार्यालयको तथ्याङकले देखाउँछ । सञ्चारकर्मी डिल प्रकाश गौतमले बर्दिया जिल्लाको सन्दर्भमा मानव र वन्यजन्तुबीचको द्धन्द्ध विस्तारै बढ्दो क्रममा रहेकाले यसको न्युनिकरण गर्न आवश्यक रहेको बताए ।

हालसम्म मानव वन्यजन्तु द्धन्द्ध ब्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण, सड्क बत्ती जडान, संरक्षण स्कुल शिक्षा कार्यक्रम, मानव वन्यजन्तु द्धन्द्ध न्युनीकरणका लागि वैकल्पिक खेती अन्र्तगत कागती ,बेसार, खुसार्नी र मेन्था क्यामोमाइल जस्ता जढीबुटी जन्य बिरुवाको खेती कार्यक्रम संचालन गर्नुका साथै मिचाहा प्रजाति र झाडी सरसफाई लगायतका कामहरु गरिएको डिभिजन वन कार्यालय बर्दियाका सहायक अधिकृत द्रोणराज शर्माको भनाइ छ ।
डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन अधिकृत प्रविण विडारीले वन कार्यालयले पहिलो प्राथमितामा नै वन्यजन्तुको व्यवस्थापनलाइ राखेर काम गरिरहेको बताए ।
यसैगरी आगामी दिनमा द्धन्द्ध न्युनीकरणका लागि गरिने वन क्षेत्रको चापलाई कम गर्न बैकल्पीक उर्जा कार्यक्रम लागु गर्नु पर्ने , जैविकमार्गमा बसोबास गर्ने क्षेत्रमा जिविकोपार्जन सँगै मानव जिवन विमा, पशुधन विमा र अन्नबाली विमा गर्नु पर्ने, वन्यजन्तु संरक्षण क्षेत्रमा स्थानीय सरकारले अपनत्व लिने नीतिको ब्यवस्था हुनुपर्ने , अति संवेदनशिल क्षेत्रमा रहेको ३ वटा मानब बस्तीलाई स्थान्तरण गर्नु पर्ने र लुम्बिनी प्रदेश सरकारले वन्यजन्तु उद्धार तथा पुनःस्थापन केन्द्र स्थापना गर्न सकेमा मात्र मानव र वन्यजन्तु बिचको द्धन्द्ध कम गराउन सक्ने अन्तरक्रिया कार्यक्रममा जनाएको छ ।

