FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खडेरीका कारण खेतमा धाँजा फाटेपछि किसान चिन्तित

    • कृषि टि.भी.
    • ८ महिना अघि
    • २४३ पटक पढिएको
    खडेरीका कारण खेतमा धाँजा फाटेपछि किसान चिन्तित

    काठमाण्डौं । पछिल्लो करिब एक महिनादेखि परेको खडेरीले पश्चिम नवलपरासीका धान खेतहरुमा धाँजा फाटन थालेपछि किसानहरु चिन्तित भएका छन । मल अभावको मार झेल्दै खेतमा रोपाई सकेका केही किसानलाई करिब एक महिनादेखि परेको खडेरीले धान खेतमा धाँजा फाटन थालेपछि उत्पादन घटने चिन्ताले किसान चिन्तित बनेका हुन् ।

    पश्चिम नवलपरासी रामग्राम नगरपालिका कृषक संजालका अध्यक्ष शिवकुमार यादवका अनुसर नवलपरासीको दक्षिणी भेगमा असार १५ भन्दा पहिला नै अधिकांश खेतमा धान रोपिसकिएको थियो । आकाशे पानी नआएका कारण पम्पसेट वा नहरको पानी लगाएर धानको रोपाई गरिसकेका किसानलाई रोपाईपछि पानी पर्ला भन्ने आशा भएपनि पानी नपरेपछि धान रोपिएको खेतमा धाँजा फाटेका छन् ।

    नवलपरासीमा २१ हजार हेक्टेयर क्षेत्रफलमा धानखेती गरिन्छ । जसमध्ये जिल्लाको दक्षिणी भागमा धानको रोपाई भएको भएपनि उत्तरतर्फका अधिकांश खेतहरु पानीको अभावमा रोपाई हुन सकेको छैन । विद्युतको सम्पर्क पुगेका कतिपय खेतहरुमा पम्पसेट, भुमिगत पानी निकालेर खडेरीले सुकेको खेतमा सिंचाई गर्ने प्रयास गरिएको छ ।

    पश्चिम नवलपरासीको परासीदेखि दक्षिणका पालहीनन्दन, प्रतापपुर, सरावल लगायतका क्षेत्रमा असारको पहिलो हप्तासम्ममा खेतमा धान रोपाई सकिएको थियो । अहिले पानीको अभावमा धान पहेंलो हुन थालेपछि किसानहरु चिन्तित बनेको पाल्हीनन्दन गाउँपालिकाका किसान धु्रवनारायण बनियाँले बताउनुभयो ।

    नवलपरासीको उत्तरीतर्फका खेतहरुमा अहिले पानीको अभावले खेतमा रोपाई हुन नसकेको किसानहरुको भनाइ छ । धान नेपालको प्रमुख खाद्यान्न वाली हुनुका साथै देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने वाली भएपनि पानीको अभावमा यस वर्ष धान कम उत्पादन हुने किसानको दुःखेसो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित