FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न

    • कृषि टि.भी.
    • ८ महिना अघि
    • १६३ पटक पढिएको
    देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न

    काठमाण्डौं । असार अन्तिमसम्म देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । कुल रोपाँई हुने १५ लाख चार हजार हेक्टर क्षेत्रफलमध्ये आठ लाख ९९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा छ । गएको वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको हो । गत वर्षको तुलनामा आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयले जनाएको छ । विशेषगरी प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको मन्त्रालयको भनाई छ । प्रदेश १ मा तीन लाख ४० हजार हेक्टर, मधेश प्रदेशमा चार लाख पाँच हजार हेक्टर, बागमती प्रदेशमा एक लाख २० हजार हेक्टर, गण्डकी प्रदेशमा एक लाख हेक्टर, लुम्बिनी प्रदेशमा तीन लाख २० हजार हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार हेक्टर र सुदूरपश्चिम प्रदेशमा एक लाख ५५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यसबर्ष पनि मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित