FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धनकुटामा कोदोको रक्सी प्रवर्द्धन गर्ने समिति गठन

    • कृषि टि.भी.
    • ८ महिना अघि
    • २६७ पटक पढिएको
    धनकुटामा कोदोको रक्सी प्रवर्द्धन गर्ने समिति गठन

    काठडमाण्डौं । धनकुटामा कोदोको रक्सी प्रवर्द्धन गर्ने समिति गठन भएको छ । रक्सी उत्पादनको लागि मदिरा ऐन २०३१ र मदिरा सम्बन्धी नियमावली २०३३ ले प्रतिबन्ध लगाएको र ऐन संशोधन गर्न राजनीतिक दललाई दबाब दिन समिति गठन भएको हो । समिति प्रदेशका १४ वटै जिल्लामा विस्तार गरी दबाब सिर्जना गर्ने समितिले जनाएको छ । ऐन संशोधन नहुँदा घरेलु मदिरा बनाउनेहरूले उत्पादन गरेको रक्सी पोख्ने गरिएको छ । प्रदेश सरकारले कोदोबाट बनेको घरेलु रक्सी उत्पादन गरी ब्रान्डिङ गर्ने नीति लिएकाले यसका लागि ऐन संशोधन हुनु पर्ने समितिले जनाएको छ । प्रदेश १ सरकारले परम्परागत घरेलु कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिएपछि यसको प्रवर्द्धन गर्न जनस्तरबाट नै दबाब दिने उद्देश्यले प्रदेश १ मा रहेका १४ जिल्लामा समिति गठन गरिने प्रदेश १ का संयोजक टेकबहादुर खजुमले जानकारी दिए । हालसम्म ६ वटा जिल्लामा जिल्ला समिति गठन भएको र साउनको दोस्रो हप्तासम्म १४ वटा जिल्ला मै समिति गठन गरिसक्ने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित