FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • झापामा बोरो तथा चैते धानको उत्पादकत्व बढ्यो

    • कृषि टि.भी.
    • ८ महिना अघि
    • १९९ पटक पढिएको
    झापामा बोरो तथा चैते धानको उत्पादकत्व बढ्यो

    काठमाण्डौं । झापामा बोरो तथा चैते धानको उत्पादकत्व बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानबालीको सुपरजोन कार्यक्रममार्फत धान खेती विस्तार कार्यक्रम प्रभावकारी बन्दै गएपछि उत्पादकत्व बढेको बताइएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाँच वर्षअघि प्रतिहेक्टर उत्पादकत्व ४.६९ मेट्रिक टन रहेकामा अहिले बढेर ५.६ मेट्रिक टन पुगेको छ । आव २०७८/७९ मा १४ हजार ११३ मेट्रिक टन चैते धान उत्पादन भएको पनि वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ । जिल्लामा वर्षे धानको उत्पादकत्व भने ५.६९ मेट्रिक टन रहेको छ ।

    चैते धान खेती विस्तार कार्यक्रम, चक्लाबन्दीमा सहयोग, मेसिनरी र आधुनिक खेती प्रणालीको विस्तारलगायतले उत्पादकत्व बढेको परियोजना, कार्यान्वयन एकाइ झापाले जनाएको छ । आव २०७३/७४ सालदेखि लागू भएको यो कार्यक्रमले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणलाई जोड दिँदै आएको छ । सुरुमा यो कार्यक्रम कचनकवल गाउँपालिकाको सबै वडा र भद्रपुर नगरपालिकाको वडा नं. १, २ र ३ मा सञ्चालन गरिएको थियो । यहाँ हिउँदे, चैते र वर्षे धानको उत्पादन गरिँदै आएको छ । आव २०७६/७७ देखि १४ वटै स्थानीय तहमा दुई सय हेक्टरको क्लस्टरमा क्षेत्र विस्तार गरी कार्यक्रम लागू भएको हो । वर्षे धान बालीको खेती यस क्षेत्रको सबै खेतीयोग्य जमिनमा हुने गरे पनि चैते र बोरो धानबालीको खेती सिँचाइ सुविधा भएको क्षेत्रमा हुने गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित