FLASH NEWS
- Loading...
कृषि मन्त्री यादव र भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेटवार्ता, केके भयो छलफल ?
- कृषि टि.भी.
- ८ महिना अघि
- ९१ पटक पढिएको

काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव र भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेटवार्ता भएको छ । भेटमा कृषि मन्त्री मृगेन्द्रकुमार सिह यादवले राजदूतसँग रासायनिक मलको विषयमा छलफल गरेका छन् जीटुजी मार्फत भारतबाट रासायनिक मलको आपूर्तिको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यसका साथै नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात, उखु तथा कफीको जर्मप्लाज्म आयात, मानव संसाधन विकासका लागि अध्ययन र तालिम, पशुपन्छीजन्य महामारी र अन्य रोग नियन्त्रण तथा रिपोर्टिङका लागि दुवै देशको संयुक्त संयन्त्र निर्माण लगायतका विषयहरूमा पनि छलफल भएको छ ।


प्रतिक्रिया दिनुहोस
