FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषकलाई कृषि सामाग्री तथा बिउ बिजन वितरण

    • कृषि टि.भी.
    • १० महिना अघि
    • १२७ पटक पढिएको
    कृषकलाई कृषि सामाग्री तथा बिउ बिजन वितरण

    स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरूलाई कृषि सामाग्री तथा बिउ बिजन वितरण गरिएको छ । कृषकहरूको माग र आवश्यकताका आधारमा कृषि औजारहरूका साथै अन्य सामाग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भइरहेको ‘हरित पुनः उत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कृषि औजार, बिउ विजन वितरण गरिएको हो ।कृषि सामाग्री हस्तान्तरण गर्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले वास्तविक कृषकहरूलाई सहयोग गरी उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिईन्।
    मागको आधारमा कृषक तथा उद्यमीहरूलाई आवश्यक सामाग्री उपलब्ध गराइएको र उत्पादन बढाउने कृषकहरूका लागि नगरपालिकाले जुनसुकै सहयोग गर्ने बताइन्।
    तिवारीले नयाँ ब्यावसाय गर्न खोजेका युवाहरू तथा ब्यावसाय प्रवद्र्धन गर्न चाहने उद्यमीहरूलाई नगरपालिकामा सञ्चालनमा रहेको ई बिक शाखामा सम्पर्क गर्न सुझाव समेत दिइन्।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषक तथा उद्यमीहरूको सोचमा परिवर्तन आएमा मात्रै उत्पादन वृद्धि गर्न सकिने बताए। कृषक तथा उद्यमीका माग र सहकारी तथा समूहहरूको आवश्यकताका आधारमा सामाग्री वितरण गरिएको दियालो संस्थाका कार्यवाहक अध्यक्ष सीतादेवी गैह्रे पंगेनीले जानकारी दिए ।

    कार्यक्रममा विभिन्न १० वटा सहकारी तथा समूहलाई बिउ बिजन, ४० जना कृषकलाई टनेल, एक समूहलाई कम्वाईन मिल, चापकटर, ठेला लगायतका सामाग्री वितरण गरिएको परियोजनाले जनाएको छ । लक्षित समुदायको आयआर्जनमा सहयोग पु-याउने र स्थानीय स्तरमा नै प्राविधिक सेवा पु-याउने उद्देश्यले सामग्री वितरण गरिएको हो । स्थानीय स्तरमा कृषिमा प्राविधिक सेवा दिने लक्ष्य सहित गरिएको कार्य सराहनीय रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन् ।

    जलवायुमैत्री कृषि खेती प्रवर्द्धनका लागि विभिन्न कृषि औजार हस्तान्तरण गरिएको हो । बेमौसमी तरकारी खेतीका लागि प्रख्यात मानिएको वालिङ क्षेत्रमा सक्रिय रूपमा लागेका किसानलाई वडा कार्यालयको सिफारिस र पहिचानका आधारमा सामाग्री वितरण गरेको नगरपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%