- Loading...
धादिङको थाक्रेमा बँदेल आतंकले कृषकको बाली नष्ट
- कृषि टि.भी.
- ८ महिना अघि
- २४० पटक पढिएको

काठमाण्डौं । धादिङको थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र यस आसपास क्षेत्रमा बँदेलले कृषकको बालि नष्ट गरेको छ । करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको स्थानियले बताएका छन् ।

मुख्य आय श्रोतको रुपमा रहेको मकैबाली नष्ट गरेपछि कृषकहरु चिन्तित भएका छन् । मकैसंगै अदुवा, धान र खुर्सानी बालीमा पनि बँदेलले क्षति पुर्याएको छ । कृषकहरुले थाल ठटाएर, शँख फुकेर, कराएर वँदेल भगाउने प्रयास गरेपनि बँदेलले बालि नष्ट गर्न नछोडेको र झन् नजिक आएको स्थानिय कृषक शिवलाल श्रेष्ठ वताउनु हुन्छ । अर्का कृषक रामशरण रुपाखेतीले बँदेल भाग्ला भन्यो झन् घरकै आँगनको छेउको खुर्सानी बालीमा नै आएर दिउँसै बोटहरु सखाप पारेकोले थप त्रास थपेको वताउनु हुन्छ ।
यस क्षेत्रको अवलोकन गरेपछि बाली संरक्षण अधिकृत राजेन्द्र रुपाखेतीले कृषकको समस्यामा स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बद्ध सवै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । यस्तै गतिमा बँदेलले वितन्डा मच्चाउने क्रम जारि राखे कृषकहरुले परिपक्क भएको मकै बाली भित्राउन नपाउने अवस्था हुने उहाँको भनाई छ ।

