FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • वेयर हाउस डेलिभरी गर्ने गरी नेपाल र भारतबीच ‘एमओयू’ मा हस्ताक्षर

    • कृषि टि.भी.
    • ७ महिना अघि
    • १८३ पटक पढिएको
    वेयर हाउस डेलिभरी गर्ने गरी नेपाल र भारतबीच ‘एमओयू’ मा हस्ताक्षर

    काठमाण्डौं । नेपाल र भारत सरकार–सरकार बीच(जीटुजी) विधिमार्फत रासायनिक मल खरिदका लागि भारतले अन्तिम सम्झौतामा हस्ताक्षर गरी सोको पत्र पठाएको छ । जीटूजी प्रक्रियाको अन्तिम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी आगामी पाँच वर्षका लागि मल दिन तयार भएको हो ।

    जीटुजीमार्फत मल खरिदका देखिएका केही दुविधा र अन्योलता चिर्दै दुवै पक्षलाई अनुकुल हुने गरी अन्तिम सम्झौता भएको सरकारले जनाएको छ । यसअघि जीटुजीमा देखिएका केही बिषयमा भारतको असन्तुष्टिका कारण मल ल्याउन नसकिएको र यसपाली भने ती बिषयमा भारतसँग निरन्तर छलफल गरेर सम्झौता गर्न सफल भएको सरकरले जनाएको हो । यसअघि भारत पक्षको अडान जीटुजीको मल कलकत्तामा ल्याइदिने भन्ने थियो । नेपालले भने ‘वेयर हाउस डेलिभरी’ नै दिन भनिरहेको थियो । सो बिषयमा भारतले गोदामै मल डेलिभरी गरी दिने र अन्य खरिद प्रक्रिया, प्रतितपत्र(एलसी)लगायतका बिषयमा पनि भारतीय पक्ष सहमत भएको हो ।

    कृषि सामग्री कम्पनी र भारतीय राष्ट्रिय केमिकल एण्ड फर्टिलाइजर लिमिटेड बीच ‘वेयर हाउस डेलिभरी’ नै दिने गरी सम्झौता भएको बुझिएको छ । सम्झौता अनुसार भारतबाट पहिलो वर्ष अर्थात चालू आर्थिक वर्ष २०७९÷०८० मा डेढ लाख, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार, चौथो वर्ष २ लाख १० हजार र पाँचौ वर्ष २ लाख १० मेट्रिक टन मल आउनेछ । मल खरिद भने सरकारले बजेट सुनिश्चत गरेपछि मात्र शूरु गर्ने कम्पनीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित